१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख १९ बुधबार १o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वर्षापछि गएको पहिरोले बाटो र धानबालीमा क्षति

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:१८:oo

शनिबार बेलुकादेखि परेको अविरल वर्षापछि झरेको पहिरोले सिन्धुपाल्चोकमा ग्रामीण मोटरबाटो र धानबालीमा क्षति पुर्‍याएको छ । भारी वर्षाले हेलम्बु र मेलम्चीवासी त्रसित छन् । 

हेलम्बु  र मेलम्ची क्षेत्रको स–साना खोलामा आएको बाढीले सयौँ रोपनी धानबाली बगाएको छ । मेलम्ची र इन्द्रावती नदीमा ठूलो बाढी आएकोले सतर्क रहन सरकारी निकायले स्थानीयलाई सूचना जारी गरेर सचेत गराएको छ । मेलम्चीको सिमखेतमा बाढीपहिरोले सडक अवरुद्ध भएको छ । मेलम्चीको ग्रामीण सडकलाई साना पहिरोले पुरेकोले केही दिन बन्द हुने अवस्था छ ।

 पाँचपोखरी थांपाल जाने मुख्य सडक मेलम्ची–तिपेनी पनि पहिरोले अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार नदीमा बाढी बढेकोले मेलम्ची क्षेत्रमा अझै जोखिम रहेको छ । हेलम्बुको ३ नं. वडामा धान खेतमा पहिरो गएकोले ठूलो क्षति पुगेको उनले बताए । 

अरनिको राजमार्गको ठाउँठाउँमा साना पहिरोले सडक अवरुद्ध भएको छ । बाह्रबिसेदेखि तातोपानी पुग्ने कोदारी सडक बन्द भएको छ । त्यसैगरी बलेफी र जुगल गाउँपालिकामा ग्रामीण सडक बन्द भएका छन् । बाह्रबिसे, त्रिपुरासुन्दरीका बाटो पहिरोले पुरेको छ।

मेलम्ची र इन्द्रावती नदीमा लगाइएको सिमेन्टेड वाल बाढीले बगाउँदा किनारका धानबालीमा क्षति पुगेको छ । मेलम्चीमुनि बाहुनेपाटी, भीमटार, ढाँडखोलाआसपास नदी किनारका धान खेतीमा बाढी पसेको छ । हालसम्म मानवीय क्षति हुन पाएको छैन । यद्यपि, भोटेकोसी, बाह्रबिसे, पाँचपोखरी थांपालका विभिन्न बस्ती पहिरोको जोखिममा परेका छन् । 
 

ad
ad