१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १o:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादी सुदूरपश्चिमका नेता शाहीद्वारा पार्टी परित्याग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:o१:oo

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका नेता विक्रम शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेबाट विभाजित भएर पार्टी गठन भएको वर्षगाँठकै दिन शाहीले आज पार्टी परित्यागको घोषणा गरेका हुन् ।

शाहीको घोषणापछि सुदूरपश्चिममा अन्य कतिपय केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सदस्यहरूले पनि पार्टी परित्यागको तयारी गरिरहेको एकीकृत समाजवादी सुदूरपश्चिमका एक नेताले बताए । 

पार्टी परित्यागको घोषणा गर्दै शाहीले सामाजिक सञ्जालमा भनेका छन्, ‘०५४ सालमा वामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरू हौसिँदै उनका पछि लागे । गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो ।  त्यसको पछि लाग्नेमा म पनि थिएँ। पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरूलाई नै फाइदा पुर्‍यायो । त्यसबापत पछुतो र आत्मग्लानि भएको छ। विगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मितिदेखि म कुनै दलसँग आबद्ध नरहेको घोषणा गर्दछु।’

ad
ad