१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से सामान्य अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:४३:oo

बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। बुधबार नेप्से २.८६ अंकले बढेर दुई हजार ५७.८४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.६, फ्लोट इन्डेक्स ०.१४ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०५ अंकले बढेको छ।

बुधबार कारोबारमा आएका २२३ कम्पनीका ३६ लाख ७८ हजार सात सय पाँच कित्ता सेयर एक अर्ब ५२ करोड ६१ लाख ८६ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ। बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये सात उपसमूहको सूचक सकारात्मक देखिँदा ६ उपसमूहको सूचक घटेको छ।

सामान्य अंकले नेप्से बढेसँगै मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको ९.९९ प्रतिशत, रुरु जलविद्युतको ५.८६ प्रतिशत, अरुण कावेली हाइड्रोपावरको ५.२५ प्रतिशतले बढेको छ।

यता, गोर्खाज् फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ। आजन अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १६ करोड ९२ लाख रुपैयाँका सेयर कारोबार भएको छ।

ad
ad