१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकका ६ वटा प्रदेशका शाखामा महिला कर्मचारी मात्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:२६:oo

एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला कर्मचारी मात्र भएको शाखा सञ्चालनमा ल्याएको छ । महिला कर्मचारी मात्र भएको शाखाको घोषणा तथा महिला सशक्तीकरणमा सक्रिय भएर काम गर्दै आएका महिलाहरूको अनुभव साट्ने उद्देश्यले अन्तक्र्रियात्मक कार्यक्रमसहित बैंकले शाखाको घोषणा गरेको हो । 

बैंकले प्रदेश १ को टंकिसिनबारी शाखा, मधेस प्रदेशको महोत्तरी, बागमती प्रदेशको बल्खु, गण्डकी प्रदेशको चाउथे, लुम्बिनी प्रदेशको भलबारी र सुदूरपश्चिम प्रदेशको धनगढी शाखा महिला कर्मचारीले मात्र सञ्चालन गरिरहेको जनाएको छ ।

महिलालाई थप शशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको महसुस गरेकाले यस प्रकारका शाखा सञ्चालनमा ल्याएको बैंकको भनाइ छ । यसले भविष्यमा महिला सशक्तीकरणको क्षेत्रमा थप टेवा पुर्‍याउने बैंकले अपेक्षा राखेको जनाएको छ । बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ । 

ad
ad