१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सनसिल्कको ‘दसैँ स्पेसल लिमिटेड एडिसन प्याक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:२५:oo

सनसिल्क नेपालले आफ्ना उत्पादनको सीमित विशेष दसैँ प्याक बजारमा ल्याएको छ । बडादसैँ २०७८ को अवसर पारेर आयोजना गरेको ‘सनसिल्क दसैँ भाइब्स अभियान’ नामक डिजिटल प्रतियोगिताका विजेताले नयाँ विशेष प्याक सार्वजनिक गरेका हुन् ।   

यो नयाँ प्याकमा तीन भिन्न प्रकार रहेको कम्पनीले जनाएको छ । फाइभ जिएम हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट स्याम्पु बजारमा आएको हो । नेपालका लाखौँ घरहरूमा यो नयाँ प्याकले स्थान पाउने कम्पनीले अपेक्षा गरेको जनाइएको छ । यसरी प्रस्तुत गरिएका तीन नयाँ प्याकहरूमध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलोपटक ल्याइएको कम्पनीको दाबी छ । 

युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले लाखौँ उपभोक्ताले रुचाएको र देशभर बिक्री हुने, सनसिल्क नेपालको सर्वाधिक ठूलो सौन्दर्य ब्रान्ड भएको बताए । उनले भने, ‘हामी विश्वास गर्छौँ, सौन्दर्य सरल छ र धेरै तरिकाबाट यसलाई कैद गर्न सकिन्छ । हामी हाम्रा उपभोक्ताले मनाउने स्थानीय चाडपर्वहरू र संस्कृतिहरूसँगै हाम्रा ब्रान्डहरूलाई आबद्ध गराउन चाहन्छौँ । सनसिल्क ग्यांग अफ गल्र्सको सक्रियता र सनसिल्क दसैँ भाइब्स त्यस्तै प्रयासहरूको अंग हो ।’ अघिल्लो दसैँमा आयोजना भएको सनसिल्क दसैँ भाइब्स अभियानका विजेताहरूलाई उनले सनसिल्क ग्यांग अफ गल्र्स भएको बताए । 

दसैँ नजिकिँदै गएको सन्दर्भमा कम्पनीले सनसिल्क नेपालले सनसिल्क दसैँ भाइब्स दोस्रो वर्षका लागि पनि सुरु गर्ने तयारी गरिरहेको जनाएको छ । यसले लाखौँ नेपाली नेपाली युवतीहरूलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरि पनि प्रदान गर्ने कम्पनीको भनाइ छ । 

ad
ad