१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

साझा दस्ताबेज तयार गर्न सातै प्रदेशका योजना आयोग उपाध्यक्ष पोखरामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:२९:oo

देशका सात प्रदेशमा रहेका प्रदेश योजना आयोगका उपाध्यक्ष, सदस्य र सदस्य सचिवहरू पोखरामा भेला भएका छन्। प्रदेश नीति तथा योजना आयोग गण्डकीको आयोजनामा प्रदेश योजना आयोगहरूको अनुभव आदानप्रदान तथा आयोगको संस्थागत क्षमता विकासका लागि साझा दस्ताबेज तयार गर्ने कार्यक्रममा भाग लिन उनीहरू पोखरामा भेला भएका हुन्। 

आइतबारदेखि सुरु भेला साझा दस्ताबेज सार्वजनिक गर्दै सोमबार सकिने भएको छ। यसअघि लुम्बिनी र बागमतीमा भएको कार्यक्रममा संस्थागत क्षमता विकासका लागि साझा दस्ताबेज तयार पार्ने जिम्मा गण्डकीले पाएको र सोहीअनुसार पोखरामा भेला आयोजना गरिएको आयोग गण्डकीका उपाध्यक्ष डा. रघुराज काफ्लेले जानकारी दिए। 

२ दिने भेलामा प्रदेश नीति तथा योजना आयोगको ऐनको मस्यौदा, आयोगको प्रस्तावित सांगठनिक ढाँचा, प्रदेशको वस्तुस्थिति, अनुभव, नवीनतम कार्यहरू, भावी सोच, अनुगमन तथा मूल्यांकन ऐन निर्माण, तथ्यांक व्यवस्थापन गर्ने ऐनलगायतका विषयमा छलफल हुने आयोग गण्डकीका सदस्य डा. सुवास अधिकारीले जानकारी दिए। भेलामा प्रदेशहरूमा आयोजना बैंक नहुँदा खल्तीका योजना आउने गरेकाले दिगोपना नदेखिएको हुँदा यसलाई समाधान गर्ने उपायका बारेमा समेत छलफल हुनेछ।
 

ad
ad