Skip This
वषौँपछि बेलौरी खडकखण्ड पथरिया खोलामा पक्की पुल भन्दै 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format २o:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वषौँपछि बेलौरी खडकखण्ड पथरिया खोलामा पक्की पुल भन्दै 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format २o:१३:oo

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका दुई गाउँ जोड्ने कुन्डास्थित पथरिया खोलामा पक्की पुल निर्माण हुने भएको छ। वषौँपछि बेलौरी नगरपालिका- ९ रतनपुर र कुन्डा जोड्ने दुई गाउँ जोड्ने पथरिया खोलामा पक्की पुल निर्माण हुने भएको हो। 

चालू आर्थिक वर्ष ०७९/८० मा सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास कार्यालय कञ्चनपुरमार्फत पुल निर्माण हुने भएको छ। पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी इन्जिनियर हेमराज भट्टले २ स्पानको पुल निर्माण हुने बताए। 

मित्र विल्डर्स प्रालिले ६ करोड ५४ लाख, ४२ हजार ७२० रुपैयाँ लागतमा पुल निर्माण गर्ने भएको छ। २० असार ०७९मा सम्झौता भई ३० असार ८० मा पुल निर्माण गरिसक्नुपर्नेछ। आइतबार एक कार्यक्रमका बीच भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीले पुलको शिलान्यास गर्दैं समयमै पुल निर्माण कार्यअघि बढाउन निर्देशन दिएका छन्।