१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख ३० आइतबार १८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विश्वप्रकाश शर्माको प्रस्ताव : एक व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:२६:oo

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। महामन्त्री शर्माले एकपटकसम्म राष्ट्रपति, दुईपटकसम्म प्रधानमन्त्री, तेस्रोपटकसम्म मन्त्री र चौथोपटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन्। 

शनिबार काठमाडौंमा आयोजित युवाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरबारबाटै रूपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटक-पटक दिन नहुने तर्क गरे। उनले राजनीतिलाई दुश्मनीको रूपमा लिने गरी अभिव्यक्ति दिन नहुने बताए। दलहरूले आ–आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एकअर्काप्रति दुश्मनी साँध्ने गरी अभिव्यक्ति दिन भने नहुने महामन्त्री शर्माले बताए।

शर्माले भने, ‘एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्‍यो। राजनीतिलाई रूपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरबारबाटै हुनुपर्छ। मैले त भन्ने गरेको छु–राजनीतिलाई दुश्मनीको रूपमा पनि लिनुहुन्न।’

ad
ad