Skip This
पहिरोले अवरुद्ध मालढुंगा–कुश्मिशेरा सडक एक महिनापछि सञ्चालनमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Tuesday, 16 September, 2025
२o७९ भदौ ३ शुक्रबार ११:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले अवरुद्ध मालढुंगा–कुश्मिशेरा सडक एक महिनापछि सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार ११:३४:oo

पछिल्लो एक महिनादेखि पहिरोले अवरुद्ध बाग्लुङको मालढुंगा–कुश्मिशेरा सडकखण्ड सञ्चालनमा आएको छ। बाग्लुङ नगरपालिका– १० भकुण्डे दब्लाङमा गएको ठूलो पहिरोले रोकिएको सडक बिहीबारदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको हो।

जिल्लाको दक्षिण जोड्ने पहिलो सडकको रूपमा रहेको यो सडक बर्खायाममा बर्सेनि अवरुद्ध हुने गरेको छ। बाग्लुङ नगरपालिका वडा नम्बर १, १२ तथा बलेवा क्षेत्रका स्थानीयको पहलमा सडक एकतर्फी सञ्चालनमा आएको बाग्लुङ– १२ का स्थानीय भीमबहादुर पाठकले बताए।

गत असारबाट बारम्बार अवरोध हुँदै आएको सडक साउनको पहिलो सातादेखि पूर्ण रूपमा ठप्प भएको थियो । सडक सुचारु गर्न बाग्लुङ नगरपालिकालाई आग्रह गरिए तापनि चासो नदेखाएपछि स्थानीयको सक्रियतामा सडक सुचारु गरिएको हो। करिब आठ घन्टामा झन्डै ३० हजार रुपैयाँ खर्च गरेर सडक सुचारु गरिएको पाठकको भनाइ छ।