१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दुई सय कन्टेनर फोहोर पुग्यो बन्चरेडाँडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:२१:oo

स्थानीयले अवरोध नगरेपछि बिहीबार दुई सय कन्टेनर फोहोर बन्चरेडाँडामा पुर्‍याइएको छ । यसमध्ये ६० कन्टेनर फोहोर नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले पुर्‍याएको हो । ‘काठमाडौं, नुवाकोट, धादिङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित महानगर, स्थानीय जनप्रतिनिधि महानगरका प्रमुख प्रशासकीय अधिकृत र स्थानीय सम्मिलित बुधबारको बैठकपछि फोहोर व्यवस्थापनमा हुँदै आएको अवरोध हटेको हो ।’ काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘स्थानीयको माग छिटो पूरा गर्छौँ र अब अवरोध हुन्न होला ।’ उनका अनुसार स्थानीयले अवरोध गर्न सक्ने भएकाले बिहीबार पनि सिसडोल र बन्चरेडाँडा क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । 

यसअघि बुधबारको बैठकले स्थानीयको माग पूरा गर्ने निष्कर्ष निकालेको थियो । माग पूरा गर्ने प्रतिबद्धतापछि स्थानीयले फोहोर व्यवस्थापनमा पुर्‍याउँदै आएको अवरोध हटाएका हुन् । बुधबारको बैठकमा यसअघि भएका १८ बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे पनि छलफल भएको थियो । 

बैठकपछि स्थानीयले एक साताभित्र माग पूरा गर्न महनगरलाई समय दिएका छन् । तोकिएको समयमा माग पूरा नभए एक सातापछि फोहोर बोकेका गाडी चल्न नदिने उनीहरूको चेतावनी छ । ‘स्थानीयको मागमा प्रशासनले सधैँ आलटाल गर्दै आइरहेको छ,’ स्थानीय नवराज ढुंगानाले भने, ‘केही माग पूरा गर्न एक साता समय दिएका छौँ, अन्य माग पनि छिटो कार्यान्वयन गर्नुपर्छ ।’ 

बैठकको निर्णयअनुसार एक साताभित्र फोहोरका गाडीबाट चुहिने लिच्चड व्यवस्थापन महानगरले गर्नुपर्नेछ । यस्तै, तीन दिनको फरकमा फोहोर क्यापिङ गर्ने, धुलो उड्ने सडकमा पानी राख्ने र औषधि नियमित छर्किनुपर्नेछ । साथै, सडकबत्ती बाल्ने, ३० जनाभन्दा बढीलाई रोजगार दिने, घर–टहरा र खेतीयोग्य जमिनकोे नापजाँच गरेर क्षतिपूर्ति दिनेलगायत अन्य माग छिटोभन्दा छिटो पूरा गर्नुपर्नेछ ।

ad
ad