Skip This
नागरिकतामा राखिएको अपमानजनक नाम सच्याउने प्रक्रिया सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २o:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकतामा राखिएको अपमानजनक नाम सच्याउने प्रक्रिया सुरु

कविराम भन्छन् : खुसी छु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o४:oo

नागरिकतामै अपमानजनक नाम राखिएका दुईजनाको नाम दैलेख जिल्ला प्रशासनले सच्याउने प्रक्रिया सुरु गरेको छ । नागरिकतामा कुकुर कामी राखेका कारण लामो समयदेखि हिनताबोध महसुस गर्दै आएका व्यक्तिलाई कविराम कामीको नाममा नागरिकता प्रदान गर्ने गरी प्रक्रिया सुरु गरिएको छ भने दैलेखको भगवतीमाई गाउँपालिका–५ बस्ने नागरिकतामा ठगे कामी नाम उल्लेख भएका कारण छोरी र घरपरिवारबाट समेत समस्यामा परेका व्यक्तिलाई कर्णबहादुर कामी नाम कायम गरी नागरिकताको प्रमाण-पत्र प्रदान गर्न लागिएको हो । 

कविराम कामीले कक्षा ७ सम्म अध्ययन गरेको र उनले विद्यालय पढ्दा उनको नाम कविराम कामी भएको प्रमाण ज्वाला मावि बेस्तडाले पठाएपछि उनलाई कविराम कामीकै नाममा नागरिकता प्रदान गर्ने तयारी भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । त्यस्तै, ठगे कामीको नाम परिवर्तन गर्न जिल्ला प्रशासन आउँदा प्रक्रिया नपुगेका कारण पुनः प्रक्रिया पूरा गरेर आउन भनिएको विषयलाई लिएर प्रतिनिधिसभामा अपहेलना भएको भन्दै सांसदले कुरा उठाएपछि जिल्ला प्रशासन कार्यालयले कुनै पनि विभेद नगरेको र प्रक्रियाका लागि नपुगेका कागजात ल्याउन भनेको बताएको थियो । संघीय संसदमा सांसद लक्ष्मी परियारले प्रशासनमा नाम सच्याउन पुगेका नागरिकमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरिएको भन्दै संसदमा कुरा उठाएकी थिइन् ।

‘घरमा छोरीले ठगे कामीको नामबाट आफूले विद्यालयको डकुमेन्ट नबनाउने भनेपछि अहिलेसम्म छोरीको डकुमेन्ट बनेको थिएन,’ कविरामले भने, ‘दैलेख प्रशासनले नाम सच्याउन सूचना गरेको छ भनेपछि खुसी हुँदै प्रशासन आएको थिएँ, केही प्रक्रिया नपुगेको भन्दै पुनः फर्किनुपरेको थियो, अब पनि नागरिकतामा आफ्नो नयाँ नाम हुँदैन कि भन्ने चिन्ता लागेको थियो, अब पाइने भयो भनेपछि खुसी छु ।’ 

कविरामको नयाँ नागरिकताका लागि मुचुल्का टोली गाउँमा
दैलेखको भगवतीमाई गाउँपालिकाका कविराम कामीले आफ्नो नागरिकतामा कुकुर कामी नाम उल्लेख भएकोले आफूलाई अपमान भएको भन्दै दिएको निवेदनकै आधारमा उनलाई नयाँ नामसहित नागरिकता प्रदान गर्ने प्रक्रिया सुरु भएको छ । त्यसका लागि अहिले मुचुल्का टोली गाउँमा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए । केही दिनभित्र दुवैजनाको नागरिकतामा नाम सच्याएर नागरिकता प्रदान गरिने कोइरालाको भनाइ छ ।