१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १ बुधबार ०९:५९:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सुकीलाई थप  ६ वर्ष जेल सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १ बुधबार ०९:५९:००

म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय थपिएको छ । उनलाई आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक जग्गा बजार भाउभन्दा कममा भाडामा लिएको आरोप लगाइएको छ । सुकीलाई लगाइएका चारवटा मुद्दामध्ये प्रत्येकमा तीन वर्षको सजाय सुनाइएको छ । 

७७ वर्षीया सुकीलाई सन् २०२१ को फेब्रुअरीमा सेनाले म्यानमारमा सत्ता कब्जा गरेपछि देशद्रोह, भ्रष्टाचार र अन्य आरोपमा ११ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, सुकीले सबै आरोप अस्वीकार गरेकी छिन् ।

यो निर्णय लोकतान्त्रिक रूपमा निर्वाचितहरूलाई बदनाम गर्ने सैनिक सरकारको अर्काे हतास प्रयास भएको टिप्पणी म्यानमारका राष्ट्रिय एकता सरकारका विदेशमन्त्री जिन मार आङले गरेका छन् ।

म्यानमार सैनिक सरकारको आलोचना गर्दै उनले सुकीको रिहाइका लागि आह्वान गरेका छन् । सुकी र उनका सहयोगीविरुद्ध लगाइएका धेरै आरोप अर्काे वर्ष हुने चुनावमा अलोकप्रिय बनाई उनीहरूलाई राजनीतिबाट हटाउने प्रयासको हिस्सा भएको विश्लेषण गरिएको छ ।