राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र संसदमा पेस

मंगलबार, ३१ साउन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभामा पढेर सुनाइएको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिका तर्फबाट सचिव यादवप्रसाद कोइरालाले पठाएको पत्र पढेर सुनाएका हुन् ।

पत्रमा साउन ६ गते नै पारित भएर सभामुखबाट प्रमाणित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक संशोधन हुनु वाञ्छनीय भएको भन्दै सन्देशसहित फिर्ता पठाउने निर्णय भएको उल्लेख छ 
 

सुझावित समाचार