
समृद्धि फाइनान्सले हेटौँडा, काठमाडौंको महाराजगन्ज र बुटवलमा शैक्षिक सामग्री वितरण गरेको छ । फाइनान्सले हेटौँडा–१ मा रहेको श्री अमर माध्यमिक विद्यालय, काठमाडौंको महाराजगन्जमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालय र बुटवल–११ मा रहेको श्री मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो ।
फाइनान्सले दुई सय ७० जना विद्यार्थीलाई एक हजार तीन सय ५० थान कापी र दुई सय ७० थान कलम वितरण गरेको कामु प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले बताए । फाइनान्सले साउन २५ गते नारायणगढको श्री राष्ट्रिय आधारभूत विद्यालय र पोखराको श्री बयाली आधारभूत विद्यालयमा पनि शैक्षिक सामग्री वितरण गरेको थियो । समय–समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको कम्पनीले जनाएको छ ।
फाइनान्सले मुद्दती निक्षेपमा अधिकतम १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशत ब्याजदरसहितका विभिन्न बचत खाताहरूसमेत सञ्चालनमा ल्याएको जनाएको छ । फाइनान्सले ७२ महिनामा दोब्बर, १० वर्षमा तेब्बर १५ वर्षमा पाँच गुणा र २० वर्षमा रकम आठ गुणा हुने मुद्दती खातासमेत सञ्चालनमा ल्याएको जनाइएको छ । हाल पाँचवटा शाखा रहेको फाइनान्सले चाँडै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन गर्ने जनाएको छ ।