मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३० सोमबार २२:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिड संक्रमणदर बढेको बढ्यै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३० सोमबार २२:३८:००

नमुना परीक्षण बढाएसँगै नेपालमा दैनिक कोरोना संक्रमणदर पनि बढेको छ । पछिल्लो केही दिनको तुलनामा सोमबार पुनः संक्रमणदर उकालो लागेको हो । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणका आधारमा संक्रमणदर बढेर १५.४८ प्रतिशत पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार संक्रमणदर ९.४२ प्रतिशत र शनिबार ८.३१ प्रतिशत थियो । साउनको सुरुदेखि नै उकालो लागेको संक्रमण सबैभन्दा धेरै १७ प्रतिशत पुगेको छ । दैनिक गरिएको नमुना परीक्षणका आधारमा दैनिक संक्रमणदर थपघट भए पनि कोभिड संक्रमण पछिल्लो लहरको तुलनामा जोखिमयुक्त नदेखिएको चिकित्सकले बताएका छन् । 

पछिल्लो २४ घन्टामा आठ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । देशभर तीन हजार एक सय ५५ पिसिआर र दुई हजार पाँच सय ८२ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सोमबार चार सय ७४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर निको हुनेको संख्या नौ लाख ७६ हजार ८३ पुगेको छ । यस अवधिमा संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ८९ पुगेको छ भने हाल देशभर पाँच हजार तीन सय ८७ जना सक्रिय संक्रमित छन् । जसमध्ये एक सय ९९ जना अस्पतालमा उपचाररत छन् ।