१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३० सोमबार २२:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली–त्रिपाठी भेट : त्रिपाठीले फेरि पाउलान् सूर्य ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३० सोमबार २२:०५:००

४ मंसिरमा संघ र प्रदेशको निर्वाचन घोषणासँगै राजनीतिक दलहरू गृहकार्यमा जुटेका छन् । राजनीतिक दल मात्र होइन, स्वतन्त्र सांसदको रूपमा प्रतिनिधिसभामा रहेकाहरू पनि दौडमा लागेका छन् । 
यही क्रममा आज जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आज एमाले अध्यक्ष केपी ओलीसँग भेट गरी सहयोग मागेका छन् । 
त्रिपाठी, ०७४ को निर्वाचनमा एमालेकै चुनावचिह्न सूर्यबाट उठेर निर्वाचित भएका थिए । त्यसैले आउँदो निर्वाचनमा पनि उनले एमालेसँग त्यस्तै सहयोगको आग्रह गरेका हुन् । 
तर, यसपटक ओलीले त्रिपाठीलाई कुनै वचन नदिएको ओलीनिकट नेताहरूले बताएका छन् । ‘अघिल्लो निर्वाचनमा विजयी भए एमालेमा प्रवेश गर्ने आशासहित त्रिपाठीलाई हामीले हाम्रै चुनावचिह्नमा निर्वाचन लड्न दिएका थियौँ,’ ती नेताले भने, ‘उनले निर्वाचन पनि जिते तर एमाले प्रवेश गरेनन् । त्यसैले यसपटक उनलाई सघाउन अध्यक्षले खासै रुचि देखाउनुभएको छैन ।’
ओलीले त्रिपाठीबाट आफूले सहयोग नपाएको महसुस गरेको ती नेताको भनाइ छ । ‘उहाँले एक्लो सांसद भए पनि हाम्रो अध्यक्षले उहाँ प्रधानमन्त्री भएका वेला त्रिपाठीलाई स्वास्थ्यमन्त्री बनाउनुभएको थियो । तर, त्रिपाठी एमालेमा भित्रन तयार भएनन्,’ उनले भने ।