१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १५:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोहोरो नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १५:५८:oo

नागरिकता लिइसकेकी एक महिलालाई दोहोरो नागरिकता बनाउन सिफारिस दिने उमाकुण्ड गाउँपालिका– ४ का वडाध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

एकपटक नागरिकता लिइसकेकी उमाकुण्ड– ४ की निर्मला बस्नेतले पुनः आफ्नो जन्मदर्ता परिवर्तन गरी बहिनीको सर्टिफिकेटको आधारमा वडा कार्यालयमा जन्मदर्ता गराई नागरिकताको सिफारिस लिएकी थिइन्। बस्नेतलाई जन्मदर्ता गराउन र सिफारिस लिन सहयोग गरेको भन्दै उनकी आमा दिलकुमारी बस्नेत र नागरिकताको सिफारिस दिने वडासचिव पदमकुमारी बस्नेतलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो।

दोहोरो नागरिकताको सिफारिस दिएको आधारमा वडासचिवलाई प्रहरीले नियन्त्रणमा लिएपछि वडाध्यक्ष फरार भएका थिए। रामेछाप जिल्ला अदालतले वडाध्यक्षसमेतलाई पक्राउ गरी अनुसन्धान गर्न दिएको निर्देशनअनुसार प्रहरीले सुनुवारलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार पक्राउ परेका तीनैजनालाई दोहोरो जन्मदर्ता बनाई दोहोरो नागरिकता लिन लागेको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।