१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o८:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नाैबुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सातौँ राष्ट्रिय युवा सम्मेलन सम्पन्न 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:oo:oo

‘अन्तरपुस्ता ऐक्यबद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मुख्य नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा आयोजित सातौँ राष्ट्रिय युवा सम्मेलन नाैबुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि एवं राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा  ४० प्रतिशतभन्दा धेरै युवा निर्वाचित भएर आएकाले आमयुवामा नयाँ आशा पलाएको बताए । यसैगरी अधिकारको आन्दोलमा मात्र अगाडि बढ्ने युवा वर्गले आफ्नो जिम्मेवारी बोध गर्दै ऊर्जाशील शक्ति देश निर्माणमा लगाउनुपर्ने बताए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संस्थाका सल्लाहकार तथा वातावरणविद् श्यामकृष्ण श्रेष्ठले आफ्नो ज्यान नै जोखिममा राखेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै देशलाई युवा बस्न र टिकाउन लायक बनाउनुपर्ने बताए । टिडिएच जर्मनीका नेपालका प्रतिनिधि  मोनी श्रेष्ठले युवा सरोकारका विभिन्न पक्षमा सरकारी निकाय, सामाजिक संघसंस्था, युवा क्लब–सञ्जाल तथा सबै सरोकारवालाहरूसँगको हातेमालोबाट मात्र युवा अभियानले सफलता प्राप्त गर्न सक्ने बताए । कार्यक्रमको समापन समारोहमा इन्सेक नेपालका निर्देशक श्रीराम बजगाईं, हुरेन्डेक नेपालका अध्यक्ष जजराज शाही, आयोनका महासचिव खिमानन्द देवकोटा, सिविस नेपालका प्रतिनिधि लगायतले युवा अधिकार र अभियानका विषयमा आफ्नो भनाइ राखेका थिए । 

सम्मेलनको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए । पहिलो दिन २८ गते दिगो विकासको स्थानीयकरण, पर्यटनमा युवाको सम्भावना, राजनीति र युवा नेतृत्व गरी तीन  सत्र सञ्चालन भएको थियो।

यसैगरी, राजनीति र युवा नेतृत्वसम्बन्धी समूहगत छलफलमा अतिथि वक्ताहरू नेपाली कांग्रेस केन्द्रीय कमिटी सदस्य नैनसिंह महर, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य माधव ढुंगेल, नेकपा माओवादी केन्द्र पोलिटब्युरो रामदीप आचार्य, नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटी सदस्य माननीय रमा आलेमगरले वर्तमान नेपाली राजनीतिमा देखिएका चुनौती, अवसर तथा सम्भावनाका विषयमा आफ्नो विचार व्यक्त गरेका थिए । ‘युवा र पर्यटन’ विषयक सत्रमा नेपाल पर्यटन बोर्डका व्यवस्थापक सूर्य थपलियाले  पर्यटनका विविध आयाम तथा युवाको भूमिकाबारे प्रस्ट्याएका थिए ।  

दोस्रो दिन २९ गते युवा र उद्यमशीलता तथा युवा, जलवायु र जैविक विविधता संरक्षण गरी दुई सत्रमा समूह छलफल भएको थियो । दुईदिने राष्ट्रिय युवा सम्मेलनले युवामैत्री शासकीय प्रणाली स्थापना गर्न माग गर्ने, आगामी संसदीय चुनावमा ५० प्रतिशत युवा उम्मेदवारी कायम गर्न राजनीतिक दल, संसद् तथा सरकारसँग पहल गर्ने, सीप प्रवर्द्धन र उद्धमशीलतामैत्री नीति र संरचना स्थानीय तहसम्म विस्तार गर्न माग गर्नेलगायत नाैबुँदे काठमाडौं घोषणापत्र जारी गर्दै राष्ट्रिय युवा परिषद्लाई हस्तान्तरणसमेत गरेको छ ।