१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फोहोरभन्दा फोहोरी राजनीति बन्द होस् : बालेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३७:oo

काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले फोहोरको रास लगाएर त्यसभित्र झन् कुहिएको राजनीतिक खेल खेलिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 
सामाजिक सञ्जालमार्फत केहीबेर अघि आफ्ना धारणा सार्वजनिक गर्दै मेयर शाहले त्यस्तो फोहोरी राजनीतिले कसैलाई अगाडि नबढाउने बताएका छन् । 
‘फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऊँ । राजनीति त्यस्तो हुँदैन,’ उनले भनेका छन्, ‘त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।’


काठमाडौंको फोहोर व्यवस्थापन हुन नसकी सार्वजनिक आलोचना भइरहेका वेला शाहले आज फेसबुकमार्फत आफ्नो प्रतिक्रिया जनाएका हुन् । आजै दुई छुट्टाछुट्टै ठाउँमा भएका अवरोधका कारण पूर्वतयारी गरेअनुसार फोहोरका गाडी बन्चरेडाँडा पुग्न नसकेको उनको भनाइ छ । 

‘हामीले हिजो जानकारी गराएका थियौँ, कि केही अवरोध नभए आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरूले बञ्चरे डाँडामा फोहोर लैजानेछन्,’ उनले भनेका छन्, ‘तर, आज दुई स्थानमा अलग–अलग कारणले सडक अवरुद्ध गरियो । यसैले आज ९० वटा फोहोरका गाडीहरू मात्र बन्चरे डाँडा पुग्न पाए ।’