Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण २९ आइतबार ११:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखाकाे पालुङटारमा कुटपिटबाट एक पुरुषको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ श्रावण २९ आइतबार ११:१३:००

गोरखाको पालुङटारमा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ । पालुङटार नगरपालिका– ५ धरमपानीमा गएराति एक पुरुषको कुटपिटबाट ज्यान गएको हो ।  गएराति १० बजेतिर भएको घटनामा परी स्थानीय ३५ वर्षका बुद्धि विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

ठाटीपोखरीमा भएको रोपाइँ जात्रा हेरेर फर्किने क्रममा भएको दुई पक्षबीचको झडपमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा परेर घाइते भएका उनलाई आँपपिपल अस्पताल पुर्‍याएपछि अस्पतालले उनलाई मृत  घोषणा गरेको थियो ।

घटनामा संग्लन रहेको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।