मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २८ शनिबार १७:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन लागि परेको छ : अध्यक्ष ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २८ शनिबार १७:४७:००

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनबाट रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको दाबी गरेका छन् । लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेको नीति र संगठनमा आबद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा जनता दृढ रहेको जिकिर गरे । 

सेना र प्रहरीसमेत नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढ्छ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागिरहेको आरोप लगाए । ‘एमालेलाई बहुमतबाट रोक्नका लागि अहिले सबै प्रयास । यो गठबन्धन, सहठबन्धन सबै एमालेलाई बुहमतबाट रोक्नका लागि हो । बहुमत ल्याउनबाट रोक्नका लागि यो सबै भएको हो,’ उनले भने । 

देशको मुहार फेर्नका लागि नेकपा एमालेलाई जिताउनुपर्ने उनको दाबी थियो । अध्यक्ष ओलीले देशलाई माथि उठाउनका लागि आगामी निर्वाचनमा एमालेलाई जिताउनुको विकल्प नभएकोसमेत जिकिर गरे । उनले आफूले जस्तो राज्यको नाममा सम्पूर्ण चल, अचल सम्पत्ति दान गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालाई चुनौती पनि दिए ।