१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ श्रावण २७ शुक्रबार २१:२१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्यामरुनमा सैन्य तालिम लिइरहेका एक हजारको प्रमाणपत्र नक्कली

Read Time : < 1 मिनेट
२०७९ श्रावण २७ शुक्रबार २१:२१:००

मध्य अफ्रिकी मुलुक क्यामरुनमा सैन्य तालिम लिइरहेका झन्डै एक हजार परीक्षार्थीको प्रमाणपत्र नक्कली रहेको भेटिएको छ । सेनामा सन् २०२२ मा नयाँ भर्ना गर्नका लागि विज्ञापन आह्वान गरिएको र त्यसमा फाराम भरेर सैन्य तालिमका लागि छनोट भई तालिम लिइरहेकाहरूले सेनामा भर्ती हुनका लागि नक्कली कागजपत्र बनाएको भेटिएको हो । 

उनीहरू सबैको प्रमाणपत्र रद्ध गरिएको र उनीहरूविरुद्ध भ्रष्टाचारको आरोपमा कारबाही हुने रक्षामन्त्री जोसेफ बेती असोमोले बताएका छन् । क्यामरुनको सैनिकका प्रवक्ता सिरिल्ले सेर्ग अतोन्फाक गुएमोले यस्ता गलत कार्य गर्नेहरूलाई सैनिक निकायले स्विकार्न नसक्ने उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सैन्य निकायको इज्जत र निष्ठामा आँच नआउनेतर्फ आफूहरू सधैँ उच्च सतर्क रहेको पनि बताएका छन् । उनका अनुसार क्यामरुनमा सैन्य परीक्षार्थीको प्रमाणपत्र नै नक्कली भेटिएको यो पहिलोपटक हो ।