मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २७ शुक्रबार
  • Saturday, 12 July, 2025
२o७९ श्रावण २७ शुक्रबार १४:४७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विस्फाेटमा तालिबान धर्मगुरु हक्कानीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २७ शुक्रबार १४:४७:oo

अफगानिस्तानको  काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ। राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो समाचार समितिले जनाएको छ।

अफगानिस्तानमा  पछिल्ला हप्ताहरूमा शृंखलाबद्ध विस्फोटहरू भएका छन्। राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन्।

काबुलको पश्चिममा पर्ने पुल–ए–सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तीमा तीनजनाको मृत्यु हुनुका साथै अन्य सातजना घाइते भएका थिए। अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ। विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट्सले दाबी गरेको छ। रासस/एएनआई