१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १९:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

उद्योगीहरूलाई काम गर्ने वातावरण मिलाउन सरकारसँग शेखर गोल्छाको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:५६:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरूलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी-पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले निजी क्षेत्र अब सरकारसँग जोडिएको उल्लेख गर्दै निजी क्षेत्र र सरकार मिले देशमा रोजगारी र व्यवसाय विकासमा सहयोग पुग्ने बताए । 

‘आजको यो हस्ताक्षरपछि अब हामी सरकारसँग जोडिएका छौँ । अब महासंघ र सरकार मिलेर हामी एक भएका छौँ । निजी क्षेत्र र सरकारको सहकार्यमा एक भएका छौँ । जब हामी हुन्छौँ, धेरै काम गर्न सक्छौँ,’ उनले भने, ‘अब महासंघ थप सक्रिय भएको छ । अब निजी क्षेत्रलाई सहज भएको छ ।’

अध्यक्ष गोल्छाले उद्योगीहरूले गर्ने लगानीलाई सहज बनाइदिन र उत्पादन गरेको वस्तुलाई अवरोध नगरिदिन पनि सरकारसँग आग्रह गरे । रोजगारीलाई सहजीकरण गर्न, निर्यातलाई प्रोत्साहन गर्न, पर्यटकलाई स्वागत गर्न र राजस्व तिरेपछि पनि अपमान नगर्न सरकारसँग उनको आग्रह थियो । उनले निजी क्षेत्रले सम्मानपूर्वक पाउने हकअधिकारको सम्मान गर्न पनि सरकारसँग माग गरे । 

‘हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिनुहोस्, हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस्, हामी रोजगारी दिन्छौँ, सहजीकरण गरिदिनुहोस्, हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस् । हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस् । हामी राजस्व बुझाउँछौँ, अपमान नगरिदिनुहोस्,’ उनले भने, ‘मिलेर लगानीको प्रक्रिया सहज बनाऔँ । मिलेर रोजगारी सिर्जना गरौँ । पर्यटकको स्वागत गरौँ, राजस्व बुझाउने झमेलाको अन्त्य गरौँ । निजी क्षेत्रले सम्मानपूर्वक पाउने हकअधिकारको सम्मान गरौँ ।’
 

ad
ad