मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २६ बिहीबार १७:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको कमान्डमा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २६ बिहीबार १७:२५:००

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी ४ मंसिरमा हुने निर्वाचन परिचालनका लागि ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्बीसुब्बा गुरुङका अनुसार निर्वाचन परिचालन कमिटीमा पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्य, केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, प्रदेशका अध्यक्ष, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिव रहनेछन् ।

त्यस्तै, बैठकले पार्टीका उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरू रहेको आठसदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी पनि बनाएको छ ।