मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
समाचार डिजिटल संस्करण

जसले फाेड्याे, उसैलाई तिराउँछु - बालेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२९:oo

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फोहोर व्यवस्थापनको आफ्नो प्राथमिकतामा चरणबद्ध रूपमा व्यवधान ल्याउने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन् । 
बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन महानगरका डोजर, एक्स्काभेटर र फोहोर बोकेर गएका गाडीहरूमा तोडफोड भएपछि शाहले यस्तो प्रतिक्रिया दिएका हुन् । 
सामाजिक सञ्जालबाट उनले आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, ‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशील छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । वर्षाैँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्ध रूपमा नयाँ–नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।’
उनले सोमबार राति भएको तोडफोडलाई चलखेलको संज्ञा दिएका छन् । ‘यसै क्रममा हिजो राति फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरूको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा हामीले यसलाई लिएका छौँ ।’ 
उनले फोहोर बोक्ने साधनहरूको तोडफोड कानुनी रूपमा पनि जघन्य अपराध भएको भन्दै  कानुनबमोजिम अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गराउन महानगर स्पष्ट रहेको बताएका छन् । 
तोडफोड गर्नेहरूबाट नै यसको भरपाई तथा क्षतिपूर्ति गराउने उनको भनाइ छ । ‘केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरूको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन,’ उनले भनेका छन्, ‘विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।’