मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३० सोमबार १९:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

असोज १ गते राष्ट्रिय शोक मनाइने, सार्वजनिक बिदा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १९:११:oo

मन्त्रिपरिषद् बैठकले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको स्मरणमा शोक दिवस मनाउने निर्णय गरेको हो । १ गते सार्वजनिक बिदाको दिने निर्णय समेत भएको गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले बताए । 

बैठकले आन्दोलनका विषयमा भएको ज्यादतीको छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय पनि गरेको छ।