१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इजरायल र गाजा हमलाको अफ्रिकन युनियनद्वारा निन्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:o२:oo

अफ्रिकन युनियनले इजरायल र गाजामा भएको हिंसात्मक हमलाको निन्दा गरेको छ। युनियनका अध्यक्ष माउसा फाकी माहमतले विज्ञप्तिमार्फत हमलाको निन्दा गरेका हुन्।

प्यालेस्टिनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी समूहका कारण गाजामा इजरायलततर्फबाट हमला भएको थियो। केही दिनयताको सो हिंसात्मक आक्रमणमा परेर ४३ जनाको ज्यान गएको थियो भने अन्य दुई सयभन्दा बढी घाइते भएका थिए।

युनियनका अध्यक्ष माहमतले यसरी सर्वसाधारण नागरिक तथा बालबालिकालाई तारो बनाएर हमला गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको भन्दै यस्ता कार्य तत्कालै रोक्न आग्रह गरेका छन्। सो विज्ञप्तिमा उनले आक्रमण तत्कालै बन्द गरी अन्तर्राष्ट्रिय समुदायको समेत सहभागितामा दिगो समाधान खोज्नुपर्ने बताएका छन्।

उता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताएका थिए। महासचिव गुटर्रेस र युनियनका अध्यक्ष माहमतले हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न सबैसँग आग्रह गरेका थिए। रासस/सिन्ह्वा

ad
ad