मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण २२ आइतबार
  • Wednesday, 02 September, 2026
२o७९ श्रावण २२ आइतबार २१:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एटिएम चोरी गर्ने एउटै मान्छे दुईपटक रंगेहात पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २२ आइतबार २१:२३:oo

एटिएम मेसिन फोरी चोरी गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुस्मा नगरपालिका–३ बस्ने वर्ष २३ वर्षीय कृष्णबहादुर विक रहेका छन् । पोखरा महानगरपालिका बडा नम्वर १७ बिरौटास्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फोडी पैसा चोरी गर्दै गरेको अवस्थामा प्रहरीले विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

एटिएम मेसिन फोरिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले विकलाई रंगेहात प्रक्राउ गर्न सफल भएको तिवारीले बताए । 

एटिएम चोरी मद्दामा कैद भुक्तानी गरी छुटेको ८८ दिनपछि पुनः चोरीमा 
पक्राउ परेका विक एटिएम चोरी मुद्दामा पक्राउ परी कैद भुक्तानी गरी छुटेको ८८ दिनपछि पुनः सोही कसुरमा पक्राउ परेका हुन् । यसअघि विक माछापुच्छ्रे बैंकको एटिएम मेसिन फोर्दै गरेको अवस्थामा ८ माघ ०७८ मा पक्राउ परेका थिए । पक्राउपछि कास्की जिल्ला अदालतबाट माग भएबमोजिमको एक लाख धरौटी जम्मा गर्न नसकेपछि उनी पुर्पक्षको लागि थुनामा गएको तिवारीले जानकारी दिए ।

थुनामा गएपछि अदालतबाट मुद्दा फैसला हुँदा तोकिएको कैद भुक्तानी गरी २७ वैशाख ०७९ मा उनी  छुटेका थिए । पक्राउ विकका सम्बन्धमा चोरी उद्योग कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।