
भियनास्थित संयुक्त राष्ट्रसंघको कार्यालयका महानिर्देशक घाडा फती वालीले संयुक्त राष्ट्रसंघ एक चीन नीतिको पक्षमा रहेको बताएकी छिन्। संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयको कार्यकारी निर्देशकसमेत रहेकी वालीले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे प्रतिक्रिया दिँदै चिनियाँ समाचार एजेन्सी सिन्ह्वासँगको अन्तर्वार्तामा यस्तो बताएकी हुन् ।
महानिर्देशक वालीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको एक चीन नीतिबारेको हालैको टिप्पणीलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघ यसको महासभाले पारित गरेको एक चीन नीतिको पक्षमा रहेको बताइन् ।