मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २२ आइतबार १२:५३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साउथह्याम्पटनको पोस्टमा टोटेनहमको चार गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २२ आइतबार १२:५३:००

विश्वको सर्वाधिक हेरिने इंग्लिस प्रिमियर लिगमा नयाँ सिजन अर्थात् ०२२-२३ अन्तर्गत पहिलो चरणका खेल सुरु भएका छन् । 

पहिलो चरणमा शनिबार भएको खेलमा टोटेनहम र चेल्सीले आ–आफ्ना खेल जित्दै तीन अंक बटुलेर लिगमा सुखद सुरुवात गरेका छन् । लिभरपुल भने अंक बाँड्न बाध्य भएको छ । 

आफ्नो घरेलु मैदान हटस्पर रंगशालामा टोटेनहमले साउथह्याम्पटनलाई ४–१ ले पराजित गर्‍याे  । टोटनहमको जितमा र्‍यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक–एक गोल गरे । साउथह्याम्पटनका मोहम्मेद सलिसुले आत्मघाती गोल गरेपछि टोटेनहमले थप एक गोल उपहारमा पायो ।