Skip This
बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २१ शनिबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका सिन्धुपाल्चोक
२o७९ श्रावण २१ शनिबार १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७९ श्रावण २१ शनिबार १२:४८:oo

लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ। ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका– ११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर डुबेका छन् । यस्तै, बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पुर्‍याएको छ। गएराति पहिरो जाँदा पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीमा पनि सडक अवरुद्ध भएको छ। बजार क्षेत्रको १९ घर जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। अहिले उक्त ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार बाढीले पुर्‍याएको क्षतिका बारेमा यकिन हुन सकेको छैन। “निरन्तर वर्षा हुँदा बाढी आउने क्रम जारी छ”, उनले भने। हेलम्बु– ५ मा पाँच घर, विद्यालय र सडक उच्च जोखिममा छ। गएराति पहिराेले भोटेचौर–काउले सडकसमेत अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। रासस