१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format २१:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 विपद्‌बाट जनधनको क्षति हुन नदिनका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २१:२२:oo

गृहमन्त्री बालकृष्ण खाणले विपद्का घटनाबाट जनधनको क्षति हुन नदिनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शुक्रबार गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाणले विपद् जुनसुकै वेला आउन सक्ने भएकोले पूर्वसूचना प्रणालीलाई चुस्त बनाउँदै तयारी अवस्थामा रहन विषयगत मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री खाणले जिल्लास्तरीय मातहतका निकायलाई समन्वयात्मक ढंगले काम गर्ने गरी संयन्त्र बनाउन निर्देशन दिएका हुन् ।  मनसुनजन्य विपद्ले निम्त्याउने जोखिम हरेक वर्ष बढिरहेको अवस्थालाई मध्यनजर गर्दै सबै निकायले आफूसँग भएका पूर्वसूचनालाई बाँडेर काम गर्न पनि गृहमन्त्री खाणले निर्देशन दिए । 

मन्त्री खाणले विपद्जन्य जोखिमविरुद्ध लड्न एक्लै सम्भव नभएकोले स्थानीय तह तथा प्रदेश सरकारसँग मिलेर योजना बनाएर काम गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिए । मनसुनको सिजनमा सबैभन्दा पहिला बाटो बिग्रने र अवरोध सिर्जना हुने भएकोले स्थानीय सडकलाई बिग्रन नदिने र बिग्रिहाले समयमा नै मर्मत गर्ने र अवरोध हटाउन विशेष ध्यान दिएर काम गर्न सबै निकायलाई निर्देशन दिए । 

यस्तै, बैठकले विपद्सम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पनि पास गरेको छ । विपद्सम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास भएपछि सरकारले बनाएको कोषबाट रकम निकालेर राहत उद्धारमा आवश्यक खर्च गर्न अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने अवस्था हटेको छ ।