१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
गगन अयडी बाजुरा
Invalid date format १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बडिमालिका मन्दिर दर्शनका लागि दर्शनार्थीको यात्रा सुरु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १६:४९:oo

सुदूरपश्चिमको एक धार्मिक तथा पर्यटकीय शक्तिपीठको रूपमा रहेको बडिमालिका मन्दिर दर्शनका लागि दर्शनार्थीले यात्रा सुरु गरेका छन्। साउन शुक्ल चतुर्दशीका दिन मन्दिरमा लाग्ने मेला अवलोकन गर्न भारतबाट समेत दर्शनार्थीहरू बडिमालिका आउने गर्दछन्।

वर्षको एकपटक मेला लाग्ने यस मन्दिरको दर्शन गर्दा आफूले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ। बडिमालिका नगरपालिका– ६ का वडाध्यक्ष तथा बडिमालिका पर्यटन समितिका संयोजक कृष्ण खड्काका अनुसार सामुद्रिक सतहबाट चार हजार दुई सय सय फिट उचाइमा रहेको यस क्षेत्रमा विभिन्न प्रजातिका फूलका साथै  सयौँ प्रजातिका जीवजन्तु र चराचुरुंगी पाइन्छ।

जिल्ला सदरमुकामबाट करिब पाँच दिनको पैदल यात्रापछि बडिमालिका मन्दिर पुग्न सकिन्छ। मार्तडी हुँदै तथा मौरे प्रवेशद्वारबाट छतारा पञ्चापरी त्रिवेणी खेती हुँदै बडिमालिका मन्दिर जान सकिन्छ। धर्मग्रन्थअनुसार बडिमालिका मन्दिरमा दर्शन गरिसकेपछि साउन शुक्ल पूर्णमाको दिन नाटेश्वरी मन्दिरमा मेला लाग्ने हुँदा उक्त मन्दिरमा अनिवार्य पूजा गर्नुपर्ने बडिमालिका मन्दिरका पुजारी नेत्रराज उपाध्यायले बताए।