१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
संजित परियार काठमाडौं
Invalid date format १३:४९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

न्याय माग्दै फेरि धर्नामा निहारिका (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४९:oo

सरकारले आफूसँगका सहमति कार्यान्वयन नगरेको भन्दै निहारिका राजपुत पुनः धर्नामा बसेकी छिन्। यसअघि सरकारले गरेकाे पाँचबुँदे सहमति पालना नगरेको भन्दै उनी पुनः धर्नामा बसेकी हुन्।

न्याय माग्न सिंहदरबारअगाडि धर्ना दिन गएकी उनलाई प्रहरीले धर्ना बस्न अवरोध गरेको छ। निषेधित क्षेत्र सिंहदरबारको दक्षिणी गेटअगाडि धर्ना बसेपछि प्रहरीले उनलाई त्यहाँबाट हटाएको छ। प्रहरीले उनलाई त्यहाँबाट भ्यानमा राखेर वसन्तपुर लगेर छाडेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताए।

आफू १७ वर्षको हुँदा शिवराज श्रेष्ठ नाम गरेका व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसैबाट जन्मेको छोरा २३ महिनाको भइसक्दासमेत न्याय नपाएपछि उनी पुनः धर्नामा बसेकी हुन्। यसअघि आरोपित श्रेष्ठ र आफ्नो छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउनेलगायतका विषयमा सरकारले प्रतिबद्धता गरेपछि २० वर्षीया अविवाहिता आमा निहारिकाले गत असार २ गते अनशन तोडेकी थिइन्।

तस्बिरहरू :