१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका नयाँदिल्ली
Invalid date format १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस नेता निधि र भारतका सडक परिवहनमन्त्रीबीच भेटघाट, नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहनमन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ।

सडक परिवहनमन्त्री गडकरीको निवासमा बुधबार राति भएको आधा घन्टा लामो छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माणकार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान (फुलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गरेका छन्।

निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीहरूलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिएका थिए। जटही–जनकपुर–ढल्केबर ६ लेनको सडक निधि भौतिक पूर्वाधारमन्त्री भएकै वेला सम्पन्न भएको थियो। यसैगरी, काेलकाता बन्दरगाहदेखि दरभंगा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गरेका छन्।
 
यसैबीच, मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्तिमन्त्री गजेन्द्र सिंह सेखावतबीच समेत भेटघाट भएको छ। भेटमा दुवै देशको सडक, जलस्रोत, ऊर्जा विकास तथा बाढी नियन्त्रणलगायतका विषयमा छलफल भएको छ।

मन्त्री गडगरी र सेखावतसँगको भेटमा निधिसहित भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि सहभागी थिए। त्यस अवसरमा राजदूत शर्माले लाइन अफ क्रेडिट र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने विषय अगाडि सारेका थिए।