१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १२ शनिबार o८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आजदेखि झरी थामिने सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o८:२९:oo

तीन दिनयता मुलुकका धेरैजसो क्षेत्रमा झरी भइरहेकामा बिहीबारबाट रोकिने आकलन गरिएको छ । 

‘पूर्वभन्दा पश्चिममा केही धेरै वर्षा हुन सक्ने देखिएको छ । योक्रम अझै एक–दुई दिनसम्म रहनेछ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीका भनिन् । मनसुनको न्यूनचापीय रेखा पूर्वमा औसतभन्दा दक्षिण (भारत)मा छ । त्यसैले त्यहाँ वर्षाको सम्भावना कम छ । 

तर, पश्चिमी क्षेत्रमा भने अझै मनसुनी रेखा औसतभन्दा उत्तर (नेपालनजिक) रहेको छ, जसकारण केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन् । महाशाखाले बिहीबार मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरेको छ ।

शुक्रबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुने ठानिएको छ । पछिल्लो २४ घन्टामा दुई सयवटा वर्षा मापन केन्द्रमध्ये एक सय ७८ मा वर्षा मापन भएको छ । जसमध्ये सबैभन्दा बढी नवलपुरको अरुंग बतासा केन्द्रमा १३५.८ मिलिमिटर वर्षा रेकर्ड भएको छ । 

ad
ad