१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
अनिल यादव काठमाडौं
२o८१ जेठ ७ सोमबार १७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दोषी प्रमाणित भए सजाय भोग्न तयार छु – महिला आयोग अध्यक्ष

अध्यक्षमाथि लागेकाे अनियमितता आरोपबारे राष्ट्रिय महिला आयोगबाट विज्ञप्ति जारी

Read Time : < 1 मिनेट
अनिल यादव, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:५८:oo

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आफूमाथि लागेको अनियमितता आरोपबारे निष्पक्ष छानबिनको माग गरेकी छिन् । दोषी प्रमाणित भए सजाय भोग्न तयार रहेको उनको भनाइ छ ।
०७० मा ‘संकल्प नेपाल’ नामको संस्थामा अध्यक्ष हुँदा पराजुलीले ज्येष्ठ नागरिक गृह निर्माणको क्रममा करोडौँको अनियमितता गरेको भन्दै समाचारहरू सार्वजनिक भएका थिए । आयोगले बुधबार विज्ञप्ति जारी गरी आयोग अध्यक्ष पराजुलीले त्यस्ता समाचारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आफ्नो छवि धमिल्याएको, आत्मसम्मानमा चोट पुर्याएको, चरित्रहत्यासमेत गरेको भन्दै आपत्ति जनाएको उल्लेख गरेको छ । 
‘एउटा गरिमामय भूमिकामा रहेको अवस्थामा आफूविरुद्ध गरिएका कुप्रचारहरूको खण्डन नगर्दा आफूप्रति विश्वास र भरोसा गर्ने आमशुभचिन्तकहरूको मनमा दुःख, चिन्ता र आशंका महसुस भएको उल्लेख गर्दै अध्यक्ष पराजुलीले आफूबाट कुनै पनि समय कुनै पनि किसिमको गलत कार्य नभएको र आफूविरुद्ध लगाइएका लाञ्छनाउपर सम्बन्धित निकायबाट निष्पक्ष छानबिन भई दोषी प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउनुभएको छ,’ आयोगका तर्फबाट प्रवक्ता चमिला भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
अध्यक्ष पराजुलीमाथि फौज्दारी शैलीले हमला भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । आफूमाथि सञ्चारमाध्यम र सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रामक, अतिरञ्जित र नकारात्मक समाचार प्रकाशन तथा प्रसारण भएको भन्दै पराजुलीले आवश्यक कारबाहीका लागि प्रेस काउन्सिलको ध्यानाकर्षणसमेत गराएको विज्ञप्तिमा उल्लेख छ । 

 

 

 

ad
ad