मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रासस इनरुवा
Invalid date format १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तकोसीको बाँध फुटेपछि बराहक्षेत्रका पाँच सय परिवार श्रीलंका टापुमा

Read Time : < 1 मिनेट
रासस, इनरुवा
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

उदयपुरको बेलका नगरपालिका– ८ लाहुरेखोँच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराहक्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् । 

कोसी नदीको बाँध फुटेर गाउँ पस्दा बराहक्षेत्र– ६ र ९ का पाँच सय घरपरिवारका दुई हजार पाँच सयजना फसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनीहरू श्रीलंका टापुमा फसेको उनले बताए । त्यस क्षेत्रका स्थानीयलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरू आउन नमानेको र फसेकाहरू सुरक्षित रहेको बताएको सुनसरीका प्रजिअ यादवले बताए ।