१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ श्रावण १८ बुधबार १२:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरी मुद्दाका फरार तीन अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ श्रावण १८ बुधबार १२:१६:००

रामेछाप जिल्ला अदालतले चोरी मुद्दामा दोषी ठहर गरी सुनाएको फैसलापछि फरार भई लुकिछिपी बस्दै आएका तीन अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । चोरी मुद्दामा संलग्न भएकाहरूमध्ये रामेछाप खाँडादेवी गाउँपालिका– १ राकाथुमका २१ वर्षीय तीर्थकुमार श्रेष्ठले भक्तपुरमा घर फोरेर चोरी गरेको आरोपमा जिल्ला अदालत भक्तपुरले ०७३ साल असार २६ गते श्रेष्ठलाई एक वर्ष नाै महिना कैद र ६ लाख ९६ हजार तीन सय २७ रुपैयाँ रकम असुली गर्ने गरी फैसला सुनाएको थियो ।

अदालतको फैसलासँगै फरार रहँदै आएका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटेको प्रहरीको टोलीले लुकिछिपी बसेको अवस्थामा काठमाडौंबाट पक्राउ गरेको हो । त्यसैगरी, चोरी मुद्दामा नै  संलग्न रहेका रामेछाप नगरपालिका– ४ हिमगंगाका २१ वर्षीय अभिषेक खत्री र २२ वर्षीय राजीव भन्ने सुरेश नेपालीविरुद्ध रामेछाप जिल्ला अदालतले ०७४ साल जेठ ३० गतेको फैसलाअनुसार खत्रीलाई २१ दिन कैद सजाय र ३८ हजार सात सय ३७ रुपैयाँ ५० पैसा जरिवाना र अर्का चोरी आरोपित नेपालीलाई २१ दिन कैद सजाय र ३८ हजार सात सय ३७ रुपैयाँ ५० पैसा जरिवाना हुने गरी फैसला भएको थियो ।

अदालतको फैसलासँगै फरार रहँदै आएका उनीहरू दुवैजनालाई सुराकीको आधारमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी कर्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार उनीहरू तीनैजनालाई मगंलबार रामेछाप जिल्ला अदालतमा हाजिर गराई आज रामेछाप कारागार चलान गरिएको छ ।