१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी काठमाडौं
२०७९ श्रावण १७ मंगलबार २२:५४:००
Read Time : < 1 मिनेट
विश्व

पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु 

Read Time : < 1 मिनेट
एजेन्सी, काठमाडौं
२०७९ श्रावण १७ मंगलबार २२:५४:००

सोमबार रातिदेखि हराइरहेको पाकिस्तानी हेलिकोप्टरमा रहेका सबै ६ जनाको मृत्यु भएको छ । बालुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हेलिकोप्टर हराएको थियो । 

सरकारी सैन्य अधिकारीहरूले मंगलबार हेलिकोप्टर भेटिएको जनाएका हुन् । तर, हेलिकोप्टरमा रहेका सबैको मृत्यु भएको छ । तीमध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलीको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।  

मौसमको खराबीका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाप्रति प्रधानमन्त्री शेहबाज सरिफले गहिरो दुःख व्यक्त गरेका छन् ।  रासस–एएनआई