१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

खेलाडी र अफिसियलको दैनिक भत्ता दुई हजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:o९:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलको दैनिक भत्ता दुई हजार रुपैयाँ निर्धारण भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आइतबार बसेको ११३औँ बैठकमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी र अफिसियलको दैनिक भत्ता निर्धारण गरेका हुन् । प्रतियोगिताको एकल प्रतिस्पर्धाका स्वर्णपदक विजेतालाई २५ हजार, टिम इभेन्टमा स्वर्ण विजेतालाई १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई ५० हजार उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । 

बैठकले प्रतियोगिताका लागि प्रदेश छनोटका लागि आवश्यक बजेट उपलब्ध गराउने निर्णय गरेको छ । प्रतियोगिताका लागि प्रदेश तथा विभागीय टोलीले १५ भदौसम्म खेलाडी संख्या पठाउनुपर्नेछ । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल हुनेछ । जसमध्ये दुई खेल प्रदर्शनीका रूपमा रहने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताको मुख्य ट्रफी प्रधानमन्त्रीले सार्वजनिक गर्ने भएका छन् । सो ट्रफीलाई सातै प्रदेश तथा तीन विभागीय टोलीको मुख्यालयमा प्रदर्शन गरिनेछ । परिषद्को कर्मचारी सेवा, सर्तसम्बन्धी विनियम तयार गर्न परिषद् सदस्य प्रकाश कुसारीको संयोजकत्मा समिति गठन भएको छ । 

यसैबीच बैठकले सन् २०२३ मा हुने १३औँ दक्षिण एसियाली खेलकुद, सन् २०२३ मा हुने १९औँ एसियाली खेलकुद, २०२४ मा पेरिस ओलम्पिक, २०२६ मा शीतकालीन ओलम्पिक र २०२६ को डकार युथ ओलम्पिक खेलकुदका लागि तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने बैठकले निर्णय गरेको छ । 

ad
ad