१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o८:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालसँग क्रिकेट खेल्ने केन्याको प्रस्ताव

सन् २००७ को टी–२० विश्वकप खेलेपछि केन्या छनोट भएको छैन । विश्वकप खेले पनि पछिल्लो समय केन्याको क्रिकेट राम्रो छैन ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:४४:oo

केन्याले नेपाली क्रिकेट टिमसँग सिरिज खेल्ने प्रस्ताव पठाएको छ । केन्याले भदौ दोस्रो साता सिरिज खेल्नका लागि प्रस्ताव पठाएको हो ।केन्याको प्रस्तावमाथि क्यान पनि सकारात्मक रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को साधारणसभामा सहभागी हुन इंग्ल्यान्ड गएका क्यान अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल फर्केपछि केन्याको प्रस्तावमाथि छलफल हुनेछ ।

केन्याले पाँचपटक विश्वकप खेलिसकेको छ । चारपटक एकदिवसीय विश्वकप र एकपटक टी–२० विश्वकप खेलेको छ । केन्या सन् २००३ को एकदिवसीय विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । सन् २००७ को टी–२० विश्वकप खेलेपछि केन्याले छनोट भएको छैन ।विश्वकप खेले पनि पछिल्लो समय केन्याको क्रिकेट राम्रो छैन । अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर खराब प्रदर्शन गरेपछि केन्या अहिले एसोसिएट राष्ट्रबीच हुने आइसिसी डिभिजन–२ अन्तर्गत लिग च्यालेन्ज लिग खेलिरहेको छ । एकदिवसीय खेलमा खराब नतिजा व्यहोरेपछि केन्याले सन् २०१४ मा एकदिवसीय मान्यता गुमाएको थियो ।

 नयाँ प्रशिक्षक नियुक्ति प्रक्रिया अघि बढाउँदै 
दुई साताअघि पुबुदु दासानायकेले राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिएका थिए । नेपाली टोली दुई सातादेखि मुख्य प्रशिक्षकविहीन छ । क्यानले रिक्त रहेको मुख्य प्रशिक्षकमा वैकल्पिक सूचीमा रहेका व्यक्तिलाई नै जिम्मेवारी दिने प्रक्रिया अगाडि बढाएको छ । क्यानले वैकल्पिक सूचीमा रहेकामध्ये मोन्टी देसाईलाई पहिलो प्राथमिकतामा राखेको छ । क्यानले मुख्य प्रशिक्षकमा नियुक्त गर्न सहज पार्न वैकल्पिक सूचीमा रहेका व्यक्तिलाई राख्न आइसिसीसँग छलफल गरेको छ । आइसिसीसँगको छलफलबाटै क्यानले वैकल्पिक सूचीमा रहेकामध्ये एकलाई चयन गर्न लागेको हो । 

गत वर्ष क्यानले मुख्य प्रशिक्षक नियुक्तिका लागि दरखास्त माग्दा ६० जनाले निवेदन दिएका थिए । क्यानले पहिलो चरणमा १५ जनालाई छानेको थियो । मोन्टी देसाई, पुबुदु दासानायके, असान्था गुरुसिंघे, ग्रान्ट ब्राडवर्न र रुवान काल्पेज गरी पाँचजनासँग क्यानले अन्तर्वार्ता लिएको थियो। यसैमध्येबाट दासानायकेलाई क्यानले मुख्य प्रशिक्षक बनाएको थियो । 
त्यसवेला भारतका देसाई दोस्रो प्राथमिकतामा थिए । उनले १३ वर्षको प्रशिक्षण करिअरमा देसाईले अफगानिस्तान, युएई र क्यानडाको प्रशिक्षकका रूपमा काम गरेका थिए । उनीसँग आइपिएल टिम राजस्थान रोयल्स र गुजरात लायन्सको प्रशिक्षक बनेको अनुभव छ । देसाई सन् २०१७ मा नेपाल आएका थिए । उनले एसिसी यू–१९ पूर्वक्षेत्रीय प्रतियोगितामा नेपालको यू–१९ टोलीको कन्सल्ट्यान्ट प्रशिक्षक भएर काम गरेको अनुभव उनीसँग छ । 

ad
ad