१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५o:oo

संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।

सम्बन्धित मजदुर, उखु किसान र चिनी मिलका प्रतिनिधिसमेत राखेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरी चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए।

उनले भने, ‘नेपाल सरकार, उद्योग मन्त्रालयलाई समितिको आजको बैठकले चिनी मिलको समस्याको सम्बन्धमा सम्बन्धित मजदुर, किसान र चिनी मिलका प्रतिनिधिसमेत राखेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरी आवश्यक छलफल गरी यो समस्या समाधान गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिने निर्णय गर्दछौँ।’

बैठकमा समितिका सदस्यहरूले चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई दबाब दिएका थिए। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद सरिताकुमारी गिरीले चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाएकी थिइन्। उखुको मूल्य निर्धारण गर्दा सरकारले उखु किसानको प्रतिनिधित्व नगराएकोमा पनि आपत्ति जनाइन्।

समितिका अर्का सदस्य लालप्रसाद साँवा लिम्बूले पनि चिनी मिल बन्द हुन नदिन सरकार गम्भीर हुनुपर्ने उल्लेख गरेका थिए।