१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा ५४ अंकको वृद्धि, साढे चार अर्बमाथिको कारोबार

नौ कम्पनीको सेयर मूल्यमा सर्किट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o२:oo

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५४.५८ अंकले बढेर दुई हजार एक सय ९५.१० बिन्दुमा पुगेको छ। त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ९.७२ अंकले बढेर चार सय १९.२० बिन्दुमा पुगेको छ।

यतिवेला नेप्सेले सूचक २१ सयको मनौवैज्ञानिक विन्दुको परीक्षण गरिरहेको छ। यस दिन नेप्सले २२ सय बिन्दुको नजिक पुग्ने प्रयास गरे पनि लगानीकर्ताहरूले नाफा बुक राख्नमा हाबी भइरहँदा बजार पुनः २१ सयकै बिन्दुमा टिकेको हो।

नयाँ आर्थिक वर्ष सुरु भएपछि कम्पनीहरूले साधारणसभा बोलाउने र लाभांश घोषणा गर्ने भएकाले पनि लगानीकर्ताले असार–साउनलाई सेयर बजारका लागि उर्वर समयको रूपमा लिने गरेका छन्।

आज कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये फाइनान्स समूहको सूचक एक प्रतिशतभन्दा बढीले घट्दा बाँकी १२ समूहको सूचक बढेको छ। लगानीगत समूह, निर्जीवन बिमा र जीवन बिमा समूहको सूचक चार प्रतिशतभन्दा बढीले बढेको छ भने ‘अन्य’ समूह र ट्रेडिङ समूहको सूचक तीन प्रतिशतभन्दा बढीले बढ्दा अन्य समूहको सूचक सामान्यदेखि दुई प्रतिशतले बढेका छन्।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २० कम्पनीको एक करोड १३ लाखभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको छ।

यस दिन शिवम् सिमेन्टको सर्वाधिक २१ करोड ३४  लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनीको १५ करोड २३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै एसियन लाइफ इन्स्योरेन्स ११ करोड रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर कम्पनीको नाै करोड रुपैयाँदेखि १० करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

नौ कम्पनीको सेयर मूल्यमा सर्किट
आइतबार नाैवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। नेपाल इन्स्योरेन्स कम्पनी, निको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइडेट आइडीमर्दी, आरबी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था र युनाइटेड इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

बढेको बजारमा गुडविल फाइनान्सको ऋणपत्र, नेसनल हाइड्रोपावर कम्पनी, मल्टिप्रपोज फाइनान्स कम्पनी, नबिल ब्यालेन्स फन्ड र सिन्धु विकास बैंकको सेयर मूल्य करिब तीन प्रतिशतदेखि चार प्रतिशतसम्मले घटेका छन्।