१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format ११:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा जिप दुर्घटना, एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२८:oo

जुम्लाको कनकासुन्दरी गाउँपालिका– १ बुलबुलेमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार बिहान सुर्खेतबाट मुगु जाँदै गरेको लु.१ज ३७३४ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ।

दुर्घटनामा मुगुको छायाँनाथ–रारा नगरपालिकाका दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। उनका अनुसार दुर्घटनामा जिपचालक दलबहादुर बुढा गम्भीर घाइते भएका छन्। थप उपचारका लागि बुढालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ। चालकसहित ६ जना सवार जिपमा अन्यको अवस्था भने सकुशल रहेको प्रहरीले जनाएको छ।