१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार १o:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रथम महानगर मेयर सम्मेलन : संघ र प्रदेश सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १o:o५:oo

‘समुन्नत महानगरका निम्ति सामन्वयिक विकास र साझेदारी’ भन्ने नाराका साथ पोखरामा आयोजित प्रथम महानगर मेयर सम्मेलन सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा शुक्रबादेखि सुरु सम्मेलनमा देशका ६ वटै महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता थियो । 

महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न सम्मेलन आयोजना गरिएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए । सम्मेलनमा सहभागीहरूबीच अनुभव आदानप्रदान, आफ्नो महानगरको मुख्य योजना, कार्यान्वयनको चुनैतीसँगै महानगरका साझा सवाल तथा आगामी कार्यदिशालगायतका विषयमा केन्द्रित रहेर छलफल गरिएको उनको भनाइ छ ।

धनराज आचार्य, मेयर, पोखरा महानगरपालिका

प्रथम मेयर सम्मेलनमा सहभागीहरूबीच अनुभव आदानप्रदान,  आफ्नो महानगरको मुख्य योजना, कार्यान्वयनको चुनैतीसँगै महानगरका साझा सवाल तथा आगामी कार्यदिशालगायतका विषयमा केन्द्रित रहेर छलफल गरियो ।

महानगरस्तरबाट प्रवाह हुने सेवा, कामकारबाही तथा विकास निर्माणका कामलाई थप सबल, सशक्त र गुणस्तरयुक्त बनाउँदै संघ सरकार र प्रदेश सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गरी महानगरका न्यूनतम मापदण्ड पूरा गर्नु गराउनु अहिलेको आवश्यकता रहेकाले त्यसलाई मध्यनजर गर्दै सम्मेलन आयोजना गरिएको उनले बताए ।

सहभागीहरूलाई संघीयता, महानगर र अबको बाटो विषयमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन विषयमा पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्य, सिकाइ आदानप्रदान सत्रको अजयचन्द्र लाललगायतले सहजीकरण गरेका थिए । ऐन कानुन, महानगरका साझा सवाललगायतका बारेमा समेत विषयविज्ञहरूले सहजीकरण गरका थिए । 

दुईदिने सम्मेलनले साझा अवधारणापत्र तयार गरी ‘पोखरा घोषणापत्र’ जारी गर्ने र त्यो आइतबार सार्वजनिक गरिने भएको छ । दोस्रो मेयर सम्मेलन भरतपुरमा हुने भएको छ । भरतपुर महानगरपालिकाका तर्फबाट मेयर रेनु दाहालले अर्को वर्षको सम्मेलन भरतपुरमा गर्न प्र्रस्ताव गरेकी थिइन् । ०८० लाई भरतपुर भ्रमण वर्ष घोषणा गरिएकाले मेयर सम्मेलन भरतपुरमा आयोजना गर्न उनले प्रस्ताव गरेकी थिइन् । मेयर सम्मेलन भरतपुर भ्रमण वर्षलाई सफल पार्न सहयोगी हुने दाहालको विश्वास छ ।

सम्मेलनस्थलमा पत्रकार प्रवेशमा रोक
पोखरा महानगरपालिका–१८ सराङकोट स्थित एक होटेलमा सम्पन्न सम्मेलनमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको थियो । सम्मेलन सुरु हुनुअघि आयोजकले पोखराको लेकसाइडस्थित एक होटेलमा सम्मेलनमा सहभागी हुन आएका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्ने कार्यक्रममा पत्रकारलाई प्रवेश दिइए पनि कार्यक्रमस्थलमा भने रोक लगाइएको थियो ।

ad
ad