१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १३ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १३ शुक्रबार १७:o१:oo
Read Time : < 1 मिनेट
समाचार

विज्ञ भन्छन्- नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै भयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १३ शुक्रबार १७:o१:oo

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा. खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्राेग्राम (एसपिपी)का कारण नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताएका छन्। ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था र नेपालबारे अन्तर्क्रियात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

एमसिसी साँच्चिकै आइपिएसको अंग हो वा होइन भन्ने कुरा नागरिकले अझै बुझ्न नसकेको भन्दै उनले यसबारेमा स्पष्ट हुन आवश्यक रहेको बताए। ‘नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै छ। एमसिसी साँच्चिकै आइपिएसको अंग हो वा होइन भन्ने कुरामा दोधार छ,’ उनले भने।

उनले सरकारका पछिल्ला गतिविधिबाट एमसिसी आइपिएसको अंग हो वा होइन भन्ने कुरामा विश्वस्त हुन सक्ने स्थिति नरहेको टिप्पणी गरे। केसीले एसपिपी भित्रभित्रै फरक नाममा ल्याउन लागिएको आशंकासमेत व्यक्त गरेका छन्।

अमेरिकाले सन् २०१९ मा नै नेपाललाई क्रिटिकल पार्टनरको रूपमा उल्लेख गरेको बताउँदै उनले भने, ‘एमसिसी पास गरेर आइपिएसको अंग हुने बाटो खनिरहेको हो कि भन्ने कुरा आउँछ। एसपिपीमा पनि त्यही काम फरक नाममा ल्याउन लागेजस्तो भित्र हल्ला छ।’ बिआरआईलाई बुझेर नै पश्चिमादेशहरूले नेपाललाई बढी नियालिरहेको उनको बुझाइ छ।