१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेका बाघको संख्या सार्वजनिक गर्दै । तस्बिर : दिवाकर मैनाली/नयाँ पत्रिका
यम बम काठमाडौं
२o८१ बैशाख २२ शनिबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालमा बाघ कति होलान् ?

बाघको संख्या ३५५ पुग्यो, १२ वर्षमा बाघको संख्या दोब्बर पुर्याउने पहिलो मुलुक बन्यो नेपाल

Read Time : < 1 मिनेट
यम बम, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:१३:oo

नेपालमा बाघको संख्या तीन सय ५५ पुगेको छ । गत १९ मंसिरदेखि २८ फागुनसम्म गरिएको गणनाअनुसार नेपालमा बाघको संख्या तीन सय ५५ रहेको पाइएको हो । 

अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेका बाघको संख्या सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको तथ्यांकअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा छन् । त्यहाँ एक सय २८ बाघ पाइएको छ । दोस्रो धेरै बाघ बर्दिया राष्ट्रिय निकुञ्जमा छन् । त्यहाँ एक सय २५ बाघ छन् । पर्सा राष्ट्रिय निकुञ्जमा ४०, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ बाघ छन् । 

बाघ पाइने विश्वका १३ मुलुकले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भेला भएर १२ वर्षमा बाघको संख्या दोब्बर बनाउने घोषणा गरेका थिए । नेपाल निर्धारित समयभित्र दोब्बर संख्या पुर्‍याउने पहिलो मुलुक बनेको छ । सन् २०१० नेपालमा एक सय २१ बाघ थिए । नेपालबाहेक भारत, चीन, भुटान, रुस, बंगलादेश, थाइल्यान्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, लाओस र म्यानमारमा पाटेबाघ पाइन्छन् ।

यस्तो छ पछिल्लो १३ वर्षमा नेपालमा बाघको संख्या :

 

 

ad
ad