१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक १५ अंकले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:५४:oo

बिहीबार नेप्से परिसूचक तीव्र उतारचढावका बीच अन्तिम समयमा १५ अंकले बढेर कारोबार बन्द भएको छ। नेप्से १५.४९ अंकले बढेर दुई हजार १२७.४७ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.७, फ्लोट इन्डेक्स १.११ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ अंकले बढेको छ।

आज कारोबारमा आएका २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँबराबरमा कारोबार भएको छ। बुधबार तीन अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

नेप्सेमा कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ३ उपसमूहको सूचक नकारात्मक भएको छ। विकास बैंक, फाइनान्सलगायतका उपसमूहको सूचक धेरै बढेका छन् भने अन्य उपसमूह र निर्जीवन बिमा उपसमूहको सूचकमा गिरावट आएको छ।

ad
ad